पछिल्लो २४ घण्टामा देशभर १२५५ जना कोरोना संक्रमित थपिए, १४०४ जना संक्रमणमुक्त

180
Shares


काठमाडौँ, १४ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ८ हजार ८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार २ सय ५५ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप १ हाजर ४ सय ४ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या २ लाख १२ हजार ५९०पुगेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (mailto:nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *