कोरोना संक्रमणबाट विश्वभर १४ लाख ५८ हजार भन्दा बढीको मृत्यु


काठमाडौँ, १४ मंसिर । विश्वमा हालसम्म १४ लाख ५८ हजार १०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २५ लाख ६३ हजार १८४ पुगेको छ । कुल संक्रमितमध्ये ४ करोड ३१ लाख ८८ हजार ४८४ जना संक्रमित निको भएका छन् ।

अमेरिकामा मात्रै हालसम्म १ करोड ३६ लाख १० हजार ३५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ लाख ७२ हजार २५४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

अमेरिकापछि कोरोना संक्रमण बढी देखिएको भारतमा हालसम्म ९३ लाख ९०हजार ७९१ जनामा संक्रमण पुष्टि भएको छ । भने १ लाख ३६ हजार ७०५ जनाको मृत्यु भएको छ ।

चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ७४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।

नेपालमा भने हालसम्मम २ लाख ३० हजार ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमा २ लाख ११ हजार २ सय ८६ जना संक्रमणमुक्त भई घर फर्किएक छन् ।

शनिवारसम्मको अपडेट अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट १ हजार ४ सय ५४ जनाको मुत्यु भएको छ । त्यसैगरी १८ हजार ८३ जना सक्रिय संक्रमति रहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *