प्रदेश नं १ प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

मोरङ, १३ मंसिर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रवार राति सङ्क्रमण देखिएको उनको प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए ।
प्रदेश प्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब दिएका थिए । उनकी धर्मपत्नी र सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीलाई पनि सङ्क्रमण देखिएको प्रेस सल्लाहकार अधिकारीले बताए ।
प्रदेश प्रमुख अधिकारी र उनकी धर्मपत्नीको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु विराटनगरस्थित निवासमा होम आइसोलेसनमा बसेका छन् । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



