हुम्लाका ६ हजार बालबालिकालाई भिटामिन ‘ए’ र बालभिटा


सिमकोट, १३ मंसिर । हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका पाँच हजार नौ सय ७९ बालबालबालिकाले भिटामिन ‘ए’ र बालभिटा पाएका छन् । जिल्लाभरिका ६महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ खुवाउने कार्य सम्पन्न भएको छ ।

जिल्लाका २२४ स्वयंसेविका र स्वास्थ्यकर्मीले बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि ९अल्वेण्डाजोल० र बालभिटा खुवाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सिनियर अनमी सरिता बोहराले जानकारी दिए ।

राष्ट्रिय कार्यक्रमअन्तर्गत वितरण गरिने भिटामिन ए ले रोग प्रतिरोधी शक्ति बढाउन र श्वासप्रश्वास रोग रोकथाम गर्न पनि सहयोग गर्ने जनाइएको छ । छ महिनादेखि १२ महिना उमेर समूहका लागि आधा क्याप्सुल र १२ महिनादेखि पाँच वर्षसम्मकालाई एक क्याप्सुल भिटामिन ‘ए’ वितरण गरिएको छ । त्यस्तै १२ महिनादेखि दुई वर्षसम्मका शिशुलाई आधा ट्याब्लेट र दुई वर्षदेखि पाँच वर्षसम्म उमेर समूहलाई एक ट्याब्लेट जुकाविरुद्धका औषधि अल्वेण्डाजोल वितरण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

त्यसैगरी ६ महिनादेखि दुई वर्ष उमेर समूहका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्वको मिश्रण बालभिटा पनि वितरण गरिएको बोहराले जानकारी दिए । सरकारले विसं २०५० देखि कुपोषणबाट बचाउन भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *