धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरान, १२ मंसिर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई रहेका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बिहीबार राती साढे ९ बजे बेलबारी मोरङ घर भएका ७६ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

गत २ मंसिरमा कोरोना पुष्टि भएका ती पुरुषलाई सोही दिन प्रतिष्ठानको कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

मृत्यु भएका पुरुषमा पहिले देखि नै मधुमेह र उच्च रक्तचापको समस्या भएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *