धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

88
Shares

धरान, १२ मंसिर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई रहेका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बिहीबार राती साढे ९ बजे बेलबारी मोरङ घर भएका ७६ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

गत २ मंसिरमा कोरोना पुष्टि भएका ती पुरुषलाई सोही दिन प्रतिष्ठानको कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

मृत्यु भएका पुरुषमा पहिले देखि नै मधुमेह र उच्च रक्तचापको समस्या भएको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *