ओलम्पियन दीपक विष्टलाई कोरोना संक्रमण

काठमाडौँ, १२ मंसिर । ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरस संक्रमणमा परेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनीसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ ।

परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिए । सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उनले आग्रह गरेका छन् ।

कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बसेका छन् । उनकी पत्नी एवं १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य भने कोरोना सड्क्रमणबाट मुक्त भइसकेकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *