त्रिवि शिक्षण अस्पतालका संस्थापक निर्देशक प्राडा भीष्मराज प्रसाईको निधन
काठमाडौँ, १० मंसिर । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक प्राडा भीष्मराज प्रसाईको निधन भएको छ ।
भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत ८९ बर्षीय प्रसाईँको आज अपरान्ह निधन भएको हो । मुटुमा समस्या भएपछि उनलाई गत २८ कात्तिकमा मेडिसीटीमा भर्ना गरिएको थियो ।
प्राडा प्रसाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डीन, त्रिविका शिक्षाध्यक्ष र उपकुलपति समेत भएको भाई नरेन्द्रराज प्रसाईले बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



