भारतमा कोरोना सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

नयाँदिल्ली, ५ मङ्सिर । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ ।
शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ ।
भारतमा सङ्क्रमणमुक्त भएकहरुको दर ९३।६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३६५ जना सङ्क्रमित भएका हुन भने कुल एक लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ । ती मध्ये ५८४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ४३ हजार ७९४ रहेको छ । रासस/पिटिआई
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



