लुम्विनी प्रदेशमा पहिलो भयो बर्दिया अस्पताल, गुल्मी र रोल्पा दोस्रो र तेस्रो

बुटवल, २९ कात्तिक । यसबर्ष बर्दिया अस्पताल लुम्बिनी प्रदेशको उत्कृष्ठ अस्पतालहरुको सूचीमा पहिलो भएको छ । यस्तै दोस्रो गुल्मी अस्पताल र तेस्रो रोल्पा अस्पताल ठहरिएको छ ।

बुटवलमा गत २५ कात्तिकदेखि २७ कात्तिक सम्म चलेको स्वास्थ्यको प्रदेशस्तरीय बार्षिक समिक्षा गोष्ठीमा उत्कृष्ठ ठहरिएका ती अस्पतालहरुलाई सम्मान समेत गरिएको थियो । प्रतिस्पर्धामा लुम्विनी प्रदेशका १२ वटा जिल्लाका १३ वटा अस्पताल समावेश थिए ।

खासगरी न्युनतम सेवा मापदण्ड (एमएसएस) लागू भएको छ कि छैन ? कोभिड १९ को महामारीमा कसरी सेवा दिईयो ? बजेटको उपयोग कसरी गरियो ? बेरुजुको अवस्था कस्तो छ ? लगायतका विषय गरिएको मूल्यांकनबाट अस्पतालहरुलाई उत्कृष्ठ छनौट गरिएको हो ।

उत्कृष्ठ ठहरिएका अस्पतालका प्रमुखहरुलाई लुम्बिनीका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सम्मान गरेका थिए । बर्दिया अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा सुवाश पाण्डे, यस्तै गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्या र रोल्पा अस्पतालका प्रमुख डा धनमाया घर्तीलाई मन्त्री बरालले सम्मान गरेका थिए ।

पहिलो हुने बर्दिया अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा सुवाश पाण्डेले सम्मानले दायित्व बढाएको बताए । उनले आगामी दिनमा थप जिम्मेवारीका साथ सेवा प्रवाह गरिने बताए ।

स्वास्थ्य कार्यालयमा प्युठान पहिलो, गुल्मी र रुपन्देही दोस्रो र तेस्रो


यस्तै प्रदेशस्तरीय स्वास्थ्य समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालयहरुको समेत मूल्यांकन गरिएको छ । लुम्बिनी प्रदेशका १२ वटा स्वास्थ्य कार्यालयहरु मध्ये आर्थिक वर्ष २०७६र७७ मा उत्कृष्ट कार्य सम्पादन गरि स्वास्थ्य कार्यालय प्युठान प्रथम भएको छ ।

यस्तै स्वास्थ्य कार्यालय गुल्मी दोस्रो र स्वास्थ्य कार्यालय रुपन्देही तेस्रो भएको छ । पहिलो दोस्रो र तेस्रो हुने स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई मन्त्री बरालले सम्मान गरेका थिए । सो अवसरमा प्रदेश स्वास्थ्य निर्देशक डा विनोदकुमार गिरी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीसहित १२ जिल्लाका स्वास्थ्य कार्यालय प्रमुखहरुको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *