युएसएआईडीले दिएको १०० वटा भेन्टिलेटर कुन कुन संस्थालाई बाँढियो ?

काठमाडौँ, २८ कात्तिक ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकी सरकारले उपलव्ध गराएको १०० थान भेन्टिलेटर वितरण गरेको छ । मन्त्रालय संघीय अस्पताल, प्रदेशस्तरीय अस्पताल बाहेक प्रदेश र नेपाल एम्बुलेन्स सर्भिसका लागि भेन्टिलेटर वितरण गरेको हो ।

मन्त्रालयका अनुसार संघ अन्तरगर्तका २२ वटा र प्रदेश अन्तरगर्तको एउटा गरी कुल २३ वटा अस्पताललाई दुई दुई वटाका दरले ४६ वटा, नेपाल एम्बुलेन्स सर्भिसलाई ५ वटा र सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई सात सात वटाका दरले ४९ वटा गरी कुल १०० वटा भेन्टिलेटर वितरण गरेको हो ।

यसपटक सरकारले १०२ नम्बरको एम्बुलेन्स सेवा प्रदायक संस्था नेपाल एम्बुलेन्स सर्भिस नामक संस्थालाई ५ वटा भेन्टिलेटर उपलव्ध गराएको छ । भेन्टिलेटरमा राखेर अस्पाल पु¥याउनुपर्ने बिरामीका लागि सो व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

आज हस्तान्तरण गरिएका भेन्टिलेटरहरु उपत्यकामा आजै वितरण गरिएको र उपत्यका बाहिर पनि भोलिसम्ममा पठाइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा रमेश खरेलले जानकारी दिए ।

कसरी वितरण भयो १०० भेन्टिलेटर

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *