स्वास्थ्य बीमा बोर्डका लागि ३४ अधिकृत तहको अस्थायी दरबन्दी स्वीकृत

काठमाडौँ, २८ कात्तिक । सरकारले स्वास्थ्य बीमा बोर्डमा आर्थिक बर्ष २०७७/७८ का लागि विभिन्न पदहरुको राजपत्रांकित अधिकृत तहका ३४ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत २० कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

यस्तै सोही दिनको बैठकले नेपाल प्रवेश गर्ने प्रमुख नाका र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल समेत गरी विभिन्न १३ स्थानमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सेवा प्रदान गर्न चालु आर्थिक बर्ष २०७७/७८ का लागि विभिन्न तह र पदको अधिकृत तहका १७ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत भएको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।

यस्तै गत २४ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रस्तुत तीनवटा प्रस्ताव समेत स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसमा कोरोना भाइरस (कोभिड – १९) विरुद्ध प्रयोग हुने खोप नेपालमा उपयोग गर्न खोप सम्वन्धि प्रस्ताव तथा कार्ययोजना स्वीकृत गर्ने ।

कोरोना भाइरस (कोभिड -१९) को संक्रमणको उपचार वापत अस्पतालहरुलाई अनुदान उपलव्ध गराउने सम्वन्धी (तेस्रो संसोधन) आदेश २०७७ स्वीकृत गर्ने र भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *