चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौँ, २७ कात्तिक । कोरोना संक्रमणमा परि उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको सम्पूर्ण खर्च सरकारले बेहोर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीको स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च वेहोर्ने निर्णय गरेको हो ।

उनको उपचार बुधबारबाट भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा भइरहेको छ ।

‘अर्थमन्त्री विष्णु पौडेलले केही वेर अघि ट्वीट गर्दै सो जानकारी दिएका हुन् ।’

जनमोर्चाले उनको अवस्था गम्भीर रहेको बताएको छ । साथै उसले पार्टी र सुभेच्छुकको सहयोगमा उपचार गरिने भन्दै खाता नम्बर समेत सार्वजनिक गरेको छ ।

केही दिन देखि अस्वस्थ रहेका केसीको गत मंगलबार पीसीआर जाँच गर्दा कोभिड १९ पोजेटिभ भएको पाइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *