जापानमा पनि कोभिडका संक्रमितहरु बढ्दै

80
Shares

टोकियो, २७ कात्तिक । जापानमा पनि कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी टोकियोमा पछिल्लो समयमा यस भााइरसका संक्रमितहरु बढ्न थालेको जनाएका हुन् ।

जापानमा मंगलबार मात्र १ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । जापानको राष्ट्रिय टेलिभिजन एनएचकेका अनुसार यहाँ मंगलबार मात्र १ हजार २७९ जना संक्रमित थपिएका हुन् ।जापानमा मंगलबार १ हजार २७९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै अहिलेसम्म यहाँ कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १ लाखभन्दा बढी पुगेको बताइएको छ ।

यहाँ कोरोना भाइरसका संक्रमितहरुको संख्या १ लाख १० हजार ६१६ पुगेको जापानको स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्यांकहरुमा उल्लेख गरिएको छ ।जापानमा पुगेको सो तथ्यांक सन् २०२० को सुरुमा डायमण्ड प्रिन्सेस नामक पानी जहाजमा योकोहोमा रहेका ७१२ संक्रमितहरु समावेश गरिएको छैन ।

जापानमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८६४ जना पुगेको छ । सो पानी जहाजका १३ सहित मृत्यु हुनेको संख्या त्यति पुगेको हो ।जापानमा मंगलबार मात्र पनि १५ जनाको यस संक्रमणबाबट ज्यान गएको बताइएको छ ।

जापानले विदेशीहरूका लागि अक्टोबर १ देखि प्रवेशमा सहज बनाएको छ । यद्यपि पर्यटक आवागमनलाई भने अझै अस्वीकार गरिएको छ ।
तर पनि पछिल्लो समयमा जापानमा कोभिड १९ का संक्रमितहरुको संख्या भने बढ्दो रहेको देखिएको छ । अधिकारीहरुले राजधानी टोकियो र बाहिर पनि यसको संक्रमण बढ्दै गएको बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *