सुसाइड नोट लेखेर बेपत्ता चिकित्सक काभ्रेमा भेटिए

2.3k
Shares

काठमाडौँ, २५ कात्तिक । फेसबुकमा सुसाइड नोट लेखेर एकाविहानै भक्तपुरबाट बेपत्ता भएका डेन्टल सर्जन डा दिगम्बर झा सकुशल भेटिएका छन्। मंगलबार बिहान करिब ५ बजे सुसाइड नोट लेखेर बेपत्ता भएका झा काभ्रेको भुम्लु गाउँपालिका–१० मा दिउसो साढे १ बजे भेटिएका हुन् ।

सुसाइड नोट लेखेर बेपत्ता भएपछि उनको खोजीमा भक्तपुर र काभ्रे प्रहरी सक्रिय भएको थियो। सोही क्रममा उनी चढेको बा १६ च ८६७९ नम्बरको कार काभ्रेमा भेटिएको थियो। उनी अरनिको राजमार्गमा कारसँगै भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुमार विक्रम थापाले नियन्त्रणमा लिइएका चिकित्सकलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको बताए । ‘परिवारले भक्तपुर प्रहरीसंग समन्वय गरिरहेको थियो । भेटिएपछि भक्तपुरबाट प्रहरी र परिवारका सदस्य पनि आउनु भएको थियो । हामीले उतै पठायौँ,’ उनले भने ।

पारिवारिक खटपटका कारण उनी सुसाइड नोट लेखेर घरबाट निस्केको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । झाको भक्तपुरमा डेन्टल सिटी क्लिनिक छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *