काठमाडौँ उपत्यकामा थप १५३३ जनामा कोरोना संक्रमण
काठमाडौँ, २३ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५३३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।
उनका अनुसार काठमाडौँमा १ हजार २९४ जना, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना गरी कुल १ हजार ५३३ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौँमा आज देखिएको यो संक्रमण देशभर आज देखिएको कुल संक्रमित संख्याको ५४ प्रतिशत हो ।
आज देशभर कुल २ हजार ८१७ जनामा कोरोना देखिएको थियो ।
यस्तै आज २ हजार ८१२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



