काठमाडौँ उपत्यकामा थप १५३३ जनामा कोरोना संक्रमण

काठमाडौँ, २३ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५३३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौँमा १ हजार २९४ जना, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना गरी कुल १ हजार ५३३ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौँमा आज देखिएको यो संक्रमण देशभर आज देखिएको कुल संक्रमित संख्याको ५४ प्रतिशत हो ।

आज देशभर कुल २ हजार ८१७ जनामा कोरोना देखिएको थियो ।

यस्तै आज २ हजार ८१२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *