भारतमा कोरोना संक्रमित ८४ लाख, एक लाख २५ हजारको मृत्यु

108
Shares


नयाँदिल्ली, २१ कात्तिक । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हाल ५ लाख २० हजार सक्रिय संक्रमित रहेको जनाएको छ । कोरोना संक्रमित कूल व्यक्तिमध्ये ७७ लाख ६५ हजार संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतमा ६७० जनाको निधन भएको छ । यो सहित भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २४ हजार ९८५ पुगेको छ ।

महाराष्ट्र राज्यमा अझै एक लाख ७ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । यहाँ हालसम्म ४४ हजार ८०४ जनाको मृत्यु भइसकेको छ । कर्नाटकमा भने ३३ हजार ११४ जनामा सक्रिय संक्रमण रहेको छ भने ११ हजार ३१२ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा ११ करोड ५४ लाख नमूना परीक्षण गरिएको जनाएको छ । रासस–एएनआई

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *