पछिल्लो चौबिस घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २० कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै ३० थियो ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ ।

त्यसैगरी देशभर थप ३ हजार ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । थप ३ हजार ४ सय ३० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ रहेको छ । आइसीयूमा ४ सय २८ र भेन्टीलेटरमा ७४ जना उपचररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *