पछिल्लो चौबिस घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु

22
Shares

काठमाडौँ, २० कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै ३० थियो ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ ।

त्यसैगरी देशभर थप ३ हजार ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । थप ३ हजार ४ सय ३० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ रहेको छ । आइसीयूमा ४ सय २८ र भेन्टीलेटरमा ७४ जना उपचररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *