कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु, मृतकको संख्या १ हजार नाघ्यो

काठमाडौँ, १८ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो अहिलेसम्मकै सबैभन्दा धेरै २४ जना संक्रमितको मृत्यु भएको थियो ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।
त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ३ हजार १ सय ४२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ । त्यसैगरी आइसीयूमा ३७२ र ६८ जना भेन्टीलेटरमा उपचाररत छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



