स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीलाई कोरोना संक्रमण

काठमाडौँ, १७ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी कोरोना संक्रमणमा परेका छन् । दश दिन अघि पीसीआर जाँच गर्दा उनमा कोभिड – १९ पोजेटिभ देखिएको हो ।

संक्रमणपछि उनी घरमै सेल्फ आइसोलेसनमा बसी स्वास्थ्य लाभ गरिरहेका छन् । यद्धपी मन्त्रालयका अति आवश्यक परेका बेला ‘भर्च्युअल’ रुपमा उपस्थित भई कामहरुमा सहयोग गरिरहेका छन् ।

‘दशैं आउनु तीन चार दिन अघि देखिको समस्या हो । लक्षण समेत देखियो, केही दिन अफ्टेरो नै पनि पार्‍यो तर अब ठिक हुँदै गएको छ । घरमै आराम गरिरहेको छु,’ डा अधिकारीले भने ।

मन्त्रालयका दशौँ तहका चिकित्सक अधिकारी डा अधिकारी मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेसन सेन्टर (एचईओसी) प्रमुख समेत हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *