कोरोनाबाट मृत्यु हुनेको संख्या फरक परेपछि जाँचबुझ गर्न समिति गठन

924
Shares

काठमाडौँ, १६ कात्तिक । नेपाल कोरोनाबाट मृत्यु हुनेको विवरण राखेको सरकारी संयन्त्रमै संख्या फरक परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानवीनका लागि तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ । मन्त्रालयले समिति ठिक दुई साता अघि गठन गरिएको र त्यसले काम गरिरहेको समेत दावी गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २ कात्तिकमा गठन गरिएको समिति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहसचिव शैलजा रेग्मी, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डे र कोरोना नियन्त्रणका लागि गठन भएको उच्चस्तरीय संयन्त्र सीसीएमसीका एक जना सदस्य एवं नेपाली सेनाका डाक्टर अरुण न्यौपाने सदस्य रहेका छन् ।

यो समितिलाई जति सक्यो छिटो अध्ययन पुरा गरी वास्तविक विवरण ल्याउन भनिएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय र सीसीएमसीले उपलव्ध गराएको कोरोनाबाट मृत्यु हुनेको संख्यामा विवरण फरक फरक रहेको समाचार आएको थियो । प्रवक्ता डा गौतमले अब छिटैनै समितिले प्रतिवेदन दिने र बास्तविकता बाहिर आउने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *