काठमाडौँ उपत्यकामा थप १६२२ जनामा कोरोना संक्रमण

140
Shares


काठमाडौं, १६ कात्तिक । काठमाडौँ उपत्यकामा शनिबार थप १ हजार ६ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जारी गरेको कोरोना अपडेटमा काठमाडौँमा १ हजार ३ सय ६२ जना, ललितपुरमा १ सय ६४ र भक्तपुरमा ९६ जना गरी कुल १ हजार ६ सय २२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ३ हजार ६ सय २० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *