
काठमाडौं, १६ कात्तिक । काठमाडौँ उपत्यकामा शनिबार थप १ हजार ६ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोरोना अपडेटमा काठमाडौँमा १ हजार ३ सय ६२ जना, ललितपुरमा १ सय ६४ र भक्तपुरमा ९६ जना गरी कुल १ हजार ६ सय २२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ३ हजार ६ सय २० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको छ ।