कोरोनाका बिरामीलाई धरौटी नलिइ उपचार गर्न अस्पतालहरुलाई निर्देशन

काठमाडौँ, १६ कात्तिक ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार गर्न आएका बिरामीसंग धरौटी नलिन सूचिकृत सबै अस्पतालहरुलाई निर्देशन दिइएको जनाएको छ । उसले उपचार गर्नु अघि धरौटी राख्नका लागि सूचना निकाल्ने सबै अस्पतालहरुलाई स्पष्टीकरण सोधिएको समेत दावी गरेको छ ।

पछिल्लो समय निजामति कर्मचारी अस्पताल, शहीद शुक्रराज अस्पताल टेकु, धुलिखेल अस्पताल सहित विभिन्न सरकारी निजी तथा सामुदायिक अस्पतालले धरौटी राख्नुपर्ने रकम सहितको सूचना निकालेका थिए ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कुनै पनि बिरामीसंग धरौटी नलिईकन कोरोनाको उपचार गर्न निर्देशन दिइएको बताए ।

उनले उपचार खर्च व्यहोर्न सक्नेसंग लिन र नसक्नेसंग नलिन समेत अस्पतालहरुलाई निर्देशन दिइएको स्पष्ट पारे ।

सरकारी अस्पतालहरुले कोभिडको उपचार गर्नु अघि धरौटी जम्मा गर्नुपर्ने भन्दै सूचना निकाल्न थालेपछि आम सर्वसाधारण आक्रोशित बनेका थिए । सामाजिक सञ्जालमा अस्पतालहरुले गरेका निर्णयको चर्को आलोचना भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *