कोरोनाका बिरामीलाई धरौटी नलिइ उपचार गर्न अस्पतालहरुलाई निर्देशन

1.1k
Shares

काठमाडौँ, १६ कात्तिक ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार गर्न आएका बिरामीसंग धरौटी नलिन सूचिकृत सबै अस्पतालहरुलाई निर्देशन दिइएको जनाएको छ । उसले उपचार गर्नु अघि धरौटी राख्नका लागि सूचना निकाल्ने सबै अस्पतालहरुलाई स्पष्टीकरण सोधिएको समेत दावी गरेको छ ।

पछिल्लो समय निजामति कर्मचारी अस्पताल, शहीद शुक्रराज अस्पताल टेकु, धुलिखेल अस्पताल सहित विभिन्न सरकारी निजी तथा सामुदायिक अस्पतालले धरौटी राख्नुपर्ने रकम सहितको सूचना निकालेका थिए ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कुनै पनि बिरामीसंग धरौटी नलिईकन कोरोनाको उपचार गर्न निर्देशन दिइएको बताए ।

उनले उपचार खर्च व्यहोर्न सक्नेसंग लिन र नसक्नेसंग नलिन समेत अस्पतालहरुलाई निर्देशन दिइएको स्पष्ट पारे ।

सरकारी अस्पतालहरुले कोभिडको उपचार गर्नु अघि धरौटी जम्मा गर्नुपर्ने भन्दै सूचना निकाल्न थालेपछि आम सर्वसाधारण आक्रोशित बनेका थिए । सामाजिक सञ्जालमा अस्पतालहरुले गरेका निर्णयको चर्को आलोचना भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *