कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु


काठमाडौँ, १६ कात्तिक । कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । बाँकेमा २, झापामा ३ र सुर्खेतमा १ जना गरी थप ६ जनाको आज मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ८ गते अस्पताल भर्ना भएकी महिलामा परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित महिलालाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार दिँदै गर्दासमेत बिरामीको अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड आइसियुमा उपचारकै क्रममा गए राति मृत्यु भएको हो ।

यसैगरी, स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १४ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आएका कैलालीका ६० वर्षीय पुरुषमा कात्तिक १५ गते कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएका सङ्क्रमित पुरुषलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारका उपचार दिँदै गर्दासमेत बिरामीको अवस्थामा सुधार नआएपछि गए राति १ बजे शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसियुमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

त्यस्तै मृत्यु झापा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एकरएकजना पुरुष रहेका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । शनिवार मात्रै उपचारका लागि नोबेल पु¥याइएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट शनिबार नै सङ्क्रमण पुष्टि आएको थियो । योसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

कमल गाउँपालिका–५ मङ्गलबारेका ७२ वर्षीय खरेल थरका एक वृद्धको घरमै आज बिहान मृत्यु भएको छ । मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा सङ्क्रमण पुष्टि भएको थियो । केही दिनयता उनी होम आइसोलेसनमा बस्नुभएको थियो । योसँगै कमलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताए ।

त्यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि गए राति घरैमा मृत्यु भएको छ । कात्तिक १३ गते सङ्क्रमण पुष्टि भएको उनको घरैमा उपचाररत थिए । शनिबार पनि झापामा तीन जनाको मृत्यु भएको थियो ।

त्यसैगरी प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका– १२ का ३२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका– १२ का ३२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा नवराज केसीका अनुसार, कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि शनिबार राति १० बजे अस्पताल भर्ना गरिएका ती बिरामीको ११ बजे मृत्यु भएको हो । दशैँको सप्तमीको दिनमा उच्च ज्वरो आएपछि छिन्चुमा उनको प्रारम्भिक उपचार भएको थियो । ज्वरो कम नभएपछि त्यहाँबाट कोहलपुर रेफर गरिएको बताइएको छ । ती युवकको तीन दिनअघि कोरोना परीक्षण गरिँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *