कोरोना मुक्त भएका एपोन उपाध्यक्ष बराल गरे प्लाज्मा दान
काठमाडौँ, १५ कात्तिक । दुई महिना अघि कोभिड – १९ मुक्त भएका नेपाल औषधि उत्पादक संघ (एपोन)का उपाध्यक्ष सन्तोष बरालले प्लाज्मा दान गरेका छन् । शनिबार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (व्लड बैंक) पुगेर उनले प्लाज्मा दान गरेका हुन् ।
त्यसअघि बरालले ग्राण्डी अस्पतालमा पुगी एन्टीबडी परीक्षण गराएका थिए । कोभिड – १९ का बिरामीलाई प्लाज्मा दान गर्न मिल्ने देखिएपछि उनी व्लड बैंक पुगेका थिए ।
पूल्चोकस्थित निदान अस्पतालको आइसीयूमा उपचाररत एक जना कोभिड – १९ का बिरामीलाई ‘कन्भालेसेन्ट प्लाज्मा थेरापी’बाट उपचार गर्न बी पोजेटिभ प्लाज्मा आवश्यकता परेको थाह पाएपछि बराल अघि सरेका थिए ।
साढे दुई महिना अघि कोभिड -१९ को संक्रमणमा परेका उनी त्यसबेला होम आइसोलेसनमै बसेर कोरोनामुक्त भएका थिए ।
सम्पर्क इमेल : [email protected]