जिल्ला अस्पतालमा पहिलो पटक आइसियु र भेन्टिलेटर जडान गरिँदै

196
Shares


डोटी, १५ कात्तिक । डोटी जिल्ला अस्पतालमा पहिलो पटक आइसियु र भेन्टेलेटर श्या जडान गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा दुई वटा आइसियु र दुई भेन्टिलेटर श्या उपलब्ध गराएको हो ।

विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्दै आएको सो अस्पतालमा आइसियु तथा भेन्टिलेटर नहुँदा बिरामीलाई अन्य जिल्ला पठाउनु पर्ने बाध्यतालाई ख्याल गरी प्रदेश सरकारले जिल्लामै उपचार गराउन आइसियु र भेन्टेलेटरसहितको श्या उपलब्ध गराएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए ।

जोशीका अनुसार सामाजिक विकास मन्त्रालयबाट उपलब्ध भएका ती श्याहरु जिल्लामा पुगिसकेको र आइतबारदेखि जडान कार्य शुरु हुनेछ । प्रदेश सरकारको सहयोगमा केही महिना पहिले अस्पतालमा कोरोना भाइरस ९कोभिड–१९० को परीक्षणका लागि पिसीआर मेसिन जडान गरिएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *