
कास्की, १३ कात्तिक । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड – १९ उपचार केन्द्रमा थप एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका- १३ निवासी ३६ वर्षीया महिलाको बुधबार राती ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए।
उनी कात्तिक ५ गते कोभिड संक्रमित भई उपचार केन्द्रको आइसियुमा भर्ना भएकी थिइन्।
उनलाई निमोनियाको समस्या थियो।
योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २० पुगेको छ।