पोखरामा कोराना संक्रमित ३६ बर्षीया महिलाको मृत्यु

204
Shares

कास्की, १३ कात्तिक । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड  – १९ उपचार केन्द्रमा थप एक जनाको मृत्यु भएको छ।  पोखरा महानगरपालिका- १३ निवासी ३६ वर्षीया महिलाको बुधबार राती ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए।

उनी कात्तिक ५ गते कोभिड संक्रमित भई उपचार केन्द्रको आइसियुमा भर्ना भएकी थिइन्।

उनलाई निमोनियाको समस्या थियो।

योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २० पुगेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *