नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय उपाध्यक्ष कालु सिंहको निधन

काठमाडौँ, ११ कात्तिक । नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय उपाध्यक्ष कालु सिंहको मंगलबार विहान वीर अस्पतालमा निधन भएको छ ।

स्वासप्रस्वासमा कठिनाई भएपछि परिवारका सदस्यले मंगलबार विहानै अस्पताल पुर्‍याएका थिए । तर, अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको बताइएको छ । सिंह वीर अस्पतालमै कार्यरत स्वास्थ्यकर्मी हुन् ।

कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका उनी दुई साता अघि कोरोना मुक्त भई घर गएका थिए ।

तर, सोमबार रातीबाट स्वास्थ्य समस्या विग्रिएपछि उनलाई अस्पतालमा ल्याइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *