नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय उपाध्यक्ष कालु सिंहको निधन
काठमाडौँ, ११ कात्तिक । नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय उपाध्यक्ष कालु सिंहको मंगलबार विहान वीर अस्पतालमा निधन भएको छ ।
स्वासप्रस्वासमा कठिनाई भएपछि परिवारका सदस्यले मंगलबार विहानै अस्पताल पुर्याएका थिए । तर, अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको बताइएको छ । सिंह वीर अस्पतालमै कार्यरत स्वास्थ्यकर्मी हुन् ।
कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका उनी दुई साता अघि कोरोना मुक्त भई घर गएका थिए ।
तर, सोमबार रातीबाट स्वास्थ्य समस्या विग्रिएपछि उनलाई अस्पतालमा ल्याइएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



