लमही अस्पतालमा शल्यक्रिया सेवा सुरु

दाङ, ८ कात्तिक ।  दाङको लमही अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । शुक्रबार पहिलो पटक शल्यक्रियामार्फत प्रसुति गराइएको छ ।

सुत्केरी व्यथा लागेकी लमही नगरपालिका वडा नम्बर ३ बनगाउँ निवासी २६ वर्षीया यसोदा केसीलाई शल्यक्रिया मार्फत प्रसुति सेवा प्रदान गरिएको हो । अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य भएको लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर आकाश बेल्बासेले बताए ।

शल्यक्रियामा डा बेल्वासे सहित, डाक्टर सत्य प्रसाद वैद्य, एनेस्थेसियामा अजय जैसवाल, स्टाफ नर्स मन्निता अधिकारी, अनमी शिला चौधरी लगायतको टिम सहभागी थियो ।

नयाँ सेवा प्रारम्भ गरेको भन्दै नगरपालिकाका प्रमुख कुल बहादुर केसीले शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *