कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ८२९

- नेपाली हेल्थ

काठमाडौँ, ७ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप २ हजार ६ सय ६८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ रहेको छ ।


Facebook Comment


थप समाचार