लाइसेन्स परीक्षामा सहभागी डाक्टरले प्रश्नपत्रको फोटो खिच्न थालेपछि ….

काठमाडौँ, ३ असार । शनिबार सम्पन्न चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा नेपाल मेडिकल काउन्सिलले आइतबार (हिजो) बेलुका प्रकाशित गरेको छ ।  प्रकाशित नतिजामा मेडिकल तर्फ (एमबीबीएस) एक जना विद्यार्थीको नतिजा स्थगित गरिएको उल्लेख छ ।

एक जना परीक्षार्थीको नतिजा किन स्थगित गरियो ?  नेपाल मेडिकल काउन्सिलका प्रवक्ता समेत रहेका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने, ‘उनी परीक्षाको मर्यादा विपरित गतिविधिमा सहभागी भएको पाइयो । त्यसैले स्थगित छ ।’

उनले अगाडी थपे, ‘ती विद्यार्थी नेशनल मेडिकल कलेज वीरगञ्ज केन्द्रबाट परीक्षामा सहभागी थिए र अहिले प्रहरी हिरासतमा पुगेका छन् ।’

लाइसेन्स परीक्षामा सहभागी डाक्टर कसरी पुगे हिरासतमा ?

काउन्सिलबाट परीक्षा सञ्चालनका लागि वीरगञ्ज पुगेका सदस्य डा. प्रविन्द्र अधिकारीले घटनाबारेमा बेलिविस्तार लगाए । उनका अनुसार परीक्षा मर्यादा विपरित गतिविधि गर्ने व्यक्ति डा उमाशंकर राय हुन् । उनी चीनबाट एमबीबीएस पास गरी आएका रहेछन् । पहिलो पटक लाइसेन्स परीक्षामा सहभागी रहेछन् । उनले अगाडी थपे, ‘ हामीले परीक्षा हलमा मोवाइल लैजान निषेध गरेका थियौं, बाहिरको मुख्यद्धारामा मेटल डिटेक्टरबाट सबै जाच पनि गरेका थियौँ तर उनले हलमा प्रश्नपत्र बाँढेको तीस मिनेटमा धमाधम फोटो खिच्न थालेछन् । परीक्षाको मर्यादा पालकले देखे नियन्त्रणमा लिए । धमाधम प्रश्नपत्रको फोटो खिचे पनि पठाईहाल्न चाही भ्याएको रहेछन् । प्रहरीको आइटी विशेषज्ञले हेरेपछि थाह भयो । तर उसको गतिविधिहरु पहिले देखि नै संकास्पद थियो ।’

कस्तो शंकास्पद ?
पक्राउ पछि थाह भयो ती परीक्षाले त करीव एक साता अघि देखि काउन्सिल अध्यक्ष डा भगवान कोइराला सहित प्राय सवै पदाधिकारी र सदस्यहरुलाई सम्पर्क गरेका रहेछन् । वीरगञ्जमा परीक्षा गराउन पुगेका डा प्रविन्द्रलाई पनि उनले फोन गरेका थिए ।

‘तर ती सबै कुरा पक्राउ पछि थाह भयो,’  डा अधिकारीले भने, ‘पहिले देखि नै सबैलाई फोन गर्ने र भेटौँ भन्ने । तर कसैले वास्ता गरेका रहेनछन् ।’

उनले शनिबार परीक्षा हलमा मुल गेटबाट मोवाइल लान नपाए पनि भित्रै उनको कोही मान्छेले उनलाई उपलव्ध गराएको हुनसक्ने बताए । ‘पहिले देखि नै केही संकास्पद गतिविधि त देखाएको रहेछन तर ती सबै कुरा पछि मात्रै थाह भयो,’ डा प्रविन्द्रले भने ।

काउन्सिल प्रवक्ता डा अधिकारीले परीक्षा र मेडिकल क्षेत्रको मर्यादा विपरित कार्य गरेको हुनाले हदैसम्मको कारवाहीका लागि आफूहरुले सिफारिस गरेको बताए । ‘उनले विद्यार्थीको नियत चिटिङ गर्ने मात्रै नभई प्रश्नपत्र नै आउट गर्ने र परीक्षालाई अस्तव्यस्त गराउने उद्धेश्य समेत हो कि भन्ने आधार देखिन्छ । त्यसैले पनि हामीले उनको यो गतिविधिलाई सामान्य रुपमा लिएका छैनौं,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *