सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयले भन्यो, ‘आकस्मिक बाहेकका शल्यक्रिया अहिले नगर्नु’

काठमाडौँ, २६ असोज । सरकारले उपत्यकाका सबै सरकारी अस्पतालहरुलाई आकस्मिक बाहेकका शल्यक्रिया तत्काल नगर्न निर्देशन दिएको छ। कोरोना संक्रमणबाट गम्भीर विरामीको संख्या बढ्दो क्रममा रहेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम आजको नियमित पत्रकार सम्मेलनमा सबै सरकारी अस्पताललाई आकस्मिक बाहेकका नियमित शल्यक्रिया हाललाई नगर्न निर्देशन दिने निर्णय भएको बताए । सो अवसरमा उनले कोरोना संक्रमण नियन्त्रण हुँदै गएपछि मात्र यस्ता खालका शल्यक्रिया गर्न सकिने बताए ।

‘यो निर्णय कार्यान्वयन हुँदा कोभिड -१९ संक्रमणमा परी गम्भीर भएका बिरामीलाई आइसोलेसन बेड, आइसियु र भेन्टिलेटर उपलब्ध हुन सहज हुनेछ,’ डा गौतमले भने ।

अहिले उपत्यकामा लक्षण भएका बिरामीका लागि बेड, आइसीयू तथा भेन्टिलेटरको अभाव हुँदै गएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *