काठमाडौँ उपत्यकामा थप २२८३ जनामा कोरोना संक्रमण

काठमाडौँ, २६ असोज । काठमाडौँ उपत्यकामा थप २ हजार २८३ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या आज देशभर देखिएको कुल संक्रमित संख्याको ५६.४१ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले आज देशभर थप ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको बताए ।

उनले पछिल्लो चौविस घण्टामा काठमाडौँमा १ हजार ८८८ जना, ललितपुरमा २७७ जना र भक्तपुरमा ११८ जना गरी उपत्यकामा थप २ हजार २८३ जना संक्रमित थपिएका हुन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *