स्वास्थ्य मन्त्रालय अन्तरगतका चारवटा निकायमा छ जना मनोनित

काठमाडौँ, २५ असोज । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतका विभिन्न चारवटा निकायमा रिक्त रहेका अध्यक्ष तथा सदस्य पदमा छ जना व्यक्तिहरुलाई मनोनयन गर्ने निर्णय गरेको छ । गत २२ असोजमा बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

मन्त्री ज्ञवालीका अनुसार त्यस दिनको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र विकास समितिको अध्यक्ष पदमा डा बशिष्टप्रसाद रिजाललाई मनोनयन गर्ने निर्णय गरेको छ ।

यस्तै सोही बैठकले सिहदरबार बैद्यखाना विकास समितिको अध्यक्ष पदमा विदुर -३ नुवाकोटका डा बाबुराजा मात्यलाई मनोनित गर्ने निर्णय गरेको छ ।

यस्तै रिक्त रहेको औषधि परामर्श परिषदको सदस्य पदमा प्राडा शंगरत्न बज्राचार्य, बाबुराम हुमागाई र डा दीपकप्रसाद दाहाललाई मनोनयन गर्ने निर्णय गरेको छ ।

यसैगरी राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्ष पदमा बेलटारी -३ स्याङजाका प्राडा देववहादुर रोका क्षेत्रीलाई मनोनित निर्णय भएको समेत मन्त्री ज्ञवालीले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *