हड्डी खिइने समस्यामा फिजियोथेरापिको भूमिका

हड्डी खिइने भनेको के हो ?
हड्डी खिइने भनेको डिजेनेरेटिव डिजिज (Degenerative Disease) हो । यसलाई ओस्टियोआर्थाइटिस (Osteoarthritis) पनि भनिन्छ।

हाम्रो जोर्नीमा एक प्रकारको कुरकुरे हड्डी हुन्छ जसमा एक किसिमको तरल पदार्थ (synovial fluid )पाईन्छ । यसले लुब्रिकेन्टको काम गर्दछ । जोर्नीको हलचलमा (Movement)सहयोग गर्दछ । उमेर बढ्दै जाँदा यो पनि घट्दै जान्छ र दुईवटा हड्डीबीचको घर्सन बढ्दछ। हड्डीको जोर्नी खिइदै जान्छ र हामीलाई दुखाईको महसुस हुन्छ।

यस्तो समस्या  प्राय ४० वर्ष पुगेपछि धेरैमा देखिन्छ। हाम्रो शरीरको गर्दन, कम्मर, हिप र धेरै जसोमा घुडामा हड्डी खिइएको पाइन्छ।

यसले मानिसको स्वास्थ्यमा कस्तो असर पुर्‍याएको छ ?
व्यस्त जीवनशैलीसंगै शारीरिक परिश्रमको कमीले मानिसहरुमा कम उमेरमै हड्डी खिइने जस्तो समस्या देखिन्छ। धेरैजसोमा घुडा दुख्ने, धेरैबेर हिड्न नसक्ने, घाटी दुख्ने, निहुरिदा ढाड दुख्ने त्यस्तै कम्मर दुखेर काम गर्न नसक्ने हुन्छ।

धेरै समय भएपछी केहि मानिसहरुमा जोर्नी सुन्निने साथै जोर्नीमा कडापन हुने र चलाउदा दुख्ने पनि हुन्छ।

कस्ता व्यक्तिहरुमा बढी हड्डी खिइने समस्या देखिन्छ ?
-शारीरिक वजन धेरै हुनु ।
– धेरै गरुङ्गो सामान बोक्नु ।
– लामो समयसम्म उभिएर काम गर्नु |
– प्राय पलेटी मारेर र घुडा खुम्च्याएर बस्नु ।
– धेरै सिढी तलमाथि गर्नु ।
– लामो समयसम्म एउटै पोजिसनमा काम गर्नु या बस्नु।
– पहिलाको दुर्घटनाबाट कुनै पनि जोर्नीमा चोटपटक लाग्नु।

फिजियोथेरापिको भूमिका
फिजियोथेरापि उपचार विधि अहिलेको समयमा निकै प्रभावकारी छ ।औषधिको काम केहि समयको लागि मात्र भएकोले उचित जीवनशैली संगसंगै फिजियोथेरापीको परामर्श लिदा राम्रो हुन्छ ।

यसबाट उपचार गरेर मानिसलाई दैनिक क्रियाकलापमा सहज पुर्‍याउने र अझ समस्या बल्झिन दिदैन् ।

फिजियोथेरापिबाट उपचार यसरी गरिन्छ :
-फिजियोथेरापिष्टबाट बिरामीको दुखाइ कति छ , जोर्नी सुन्निएको छ कि छैन, जोर्नीको मुभमेन्ट  (Movement),पोस्चर आदि सबै जाँच गरिन्छ।
-दुखाइ कम गराउन मेसिन जस्तै अल्ट्रासाउन्ड, आइएफटि जस्ता उपकरणहरु प्रयोग गरिन्छ।
-दुखाइ कम भएपछि मात्र कसरतहरु सिकाइन्छ जस्तै मांसपेसी बलियो बनाउने ब्यायाम, जोर्निहरुको रेन्ज अफ मोसन (Range of motion)बढाउने कसरतहरु सिकाइन्छ।
-तन्किने (Stretching) कसरतहरु गराइन्छ जसले दुखाइले खुम्चिएको माम्स्पेसिको लचकता (flexibility) बढाउँछ
-दुखाई र जोर्नीको कडापनमा जोइन्ट मोबिलाइजेसन टेक्निक पनि प्रयोग गरिन्छ।
-सिकाएको कसरतहरु घरमा पनि गर्न पर्ने हुन्छ र फिजियोथेरापिष्टबाट परामर्स लिएर फलोअप आउन पर्दछ |

ध्यान दिनु पर्ने कुराहरु
– नियमित व्यायाम गर्ने, जसले मांसपेसी र हड्डी कम्जोर हुनबाट बचाउँछ जस्तै :
– बिहान बेलुका हिडडुल गर्ने, दौड्ने, बगैंचामा काम गर्ने जस्ता क्रियाकलाप पनि स्वास्थ्यको लागि राम्रो हुन्छ।
– शारीरिक वजन धेरै हुनेले व्यायामका साथै सन्तुलित आहारबाट वजन कम गराउने।
– एउटै आसनमा बसेर काम गर्नेले बिचमा आराम तथा हिडडुल गरि पुनः काम गर्ने।
-आफ्नो वजन भन्दा धेरै सामान नबोक्ने।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *