कोरोना संक्रमणबाट ‘सीअहेव’को मृत्यु

14.8k
Shares

काठमाडौँ, १२ असोज । कोरोना भाइरसको संक्रमणबाट आज एक जना सीअहेवको मृत्यु भएको छ । पर्सा जिल्लाको जगरनाथपुर गाँउपालिका स्वास्थ्य शाखामा कार्यतर सीअहेव रामसिकिल प्रसाद साहको आज विहान साढे ८ बजे काठमाडौँको करुणा अस्पतालमा ज्यान गएको हो ।

मनरा नगरपालिका ७ महोत्तरी घर भएका ५८ बर्षीय साह गत १९ भदौ देखि विरामी परेका थिए । ज्वरो आउने, खोकी लाग्ने समस्या भएपछि १९ असोजमा जगरनाथपुरबाट घर गएको स्वास्थ्य कार्यालय पर्साका कर्मचारी जैमुद ठाकुरले जानकारी दिए ।

‘घर गइसकेपछि उहाँ जनकपुरस्थित चन्द्रकला अस्पतालमा उपचार गराउनु भएछ । सिकिस्त भएपछि गत १ असोजमा काठमाडौँ रिफर हुनुभएछ । त्रिवि शिक्षण अस्पतालमा रेफर गरिएपनि आइसोलेसन वार्ड खाली नभएपछि बुढानिलकण्ठस्थित करुणा अस्पताल लगिएको रहेछ । त्यहि भेन्टिलेटरमा उपचारका क्रममा उहाँको ज्यान गयो,’ ठाकुरले भने ।

प्रदेश नं २ का स्वास्थ्य निर्देशक विजय झाले साह कोरोना संक्रमणबाट ज्यान गुमाउने सरकारी सेवाका कार्यरत पहिलो स्वास्थ्यकर्मी रहेको बताए । संघीय सरकारले कोरोनाबाट ज्यान गुमाउने स्वास्थ्यकर्मीको परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *