डेन्टल हाइजिनिष्ट के हो ? किन पढ्ने यो विषय ?

डा. वुद्धिमान श्रेष्ठ, अध्यक्ष कान्तिपुर स्कुल अफ डेन्टिष्ट्री

डेन्टल हाइजिनिष्ट के हो ?
डेन्टल हाइजिनिष्ट बुझ्नु अघि डेन्टल हाइजिनिष्ट एजुकेशन के हो भन्ने बारे बुझौँ । त्यसभन्दा अघि डेन्टल एजुकेशन, डेन्टल हाइजिनिष्ट एजुकेशन र डेन्टल रिहाविटेसन आदि बुझ्नु पर्छ ।

मुख र दाँतसंगका सम्वन्धित अंग तथा भागहरु छन् । जस्तै मुख भित्र दाँत छ, गिजा छ, जिब्रो छ, हार्ड प्यालेट छ, सफ्ट प्यालेट छ, म्याग्जिला अनि म्यान्डिवल जस्ता जो भागहरु छन्, यी सबै कुरालाई हामीले ओरल क्याविटी भन्छौँ । ओरल क्याविटी भित्र हुने समस्याहरुको निराकरण गर्नका लागि पढिने विषयलाई डेन्टिस्ट्री भन्दछौँ । यसलाई डेन्टल एजुकेशन पनि भनेर चिनिन्छ । यस अन्तरगर्तनै दन्त चिकित्सा शास्त्र अर्थात दाँतको उपचार गर्ने डाक्टर बनाउने शिक्षाको पढाई हुन्छ । अर्को डेन्टल हाइजिन एजुकेशन आउँछ ।

डेन्टल हाइजिनिष्ट एजुकेशन पढिसकेपछि पाउने डिग्री र त्यसपछि प्राप्त गर्ने लाइसेन्स पछि सो व्यक्तिले मुख तथा दाँतका विरामीहरुको निश्चित भागको उपचार गर्न सक्छ । जस्तो दाँत सफा गर्ने काम, गिजा सफा गर्ने काम, दाँत र गिजाको बीच वा गिजा मुनी गएको फोहरहरुलाई सफा गर्ने काम, गिजामा आएका घाउ खटिरा सन्दर्भमा र त्यो आउन नदिनका सन्दर्भमा गरिने रोकथाम, एक्सरे लिने काम, ब्रसिङ टेक्निक सिकाउने काम, मुख स्वास्थ्य शिक्षा दिने कामहरु, बच्चाको दाँतको किराले खानबाट बचाउन फ्लोराइड एप्लीकेशन गर्ने काम गर्न सक्छन् ।

यो विषयको अध्ययन्का लागि कहाँ गएर कसरी पढ्ने ?
डेन्टल हाइजिनिष्ट पढ्नका लागि संसारमा कम्तिमा पनि दुई बर्ष तालिमप्राप्त हुनुपर्छ । नेपालमा डेन्टल हाइजिष्टको कार्यक्रम सन् २००० बाट शुरु भएको हो । त्यसबेला दुई बर्षे कार्यक्रम थियो । त्यसको पहिलो सुरुवात हामीले (कान्तिपुर स्कुलअफ डेन्ट्रिस्टी)बाट गरेका थियौँ । सन् २०१४ पछि दुई बर्षे यो कार्यक्रम पूर्ण रुपमा फेजआउट भयो र तीनबर्षे कार्यक्रम शुरु भयो । यसको मान्यता प्रोफिसियन्सी सर्टिफिकेट लेभल अर्थात प्लस टू बराबरको हो ।

नेपालमा अहिले यो कार्यक्रम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले उपलव्ध गराएको छ । यसका सम्वन्धन प्राप्त शैक्षिक संस्थाहरुमा उपलव्ध छ । डेन्टल हाइजिनिष्ट उत्तीर्ण गरेपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा नाम दर्ता (लाइसेन्स) लिने कार्य गर्नुपर्छ ।

यसको महत्व कस्तो छ ?
अहिले डेन्टल हाइजिनिष्ट एजुकेशन पढनेहरुको आकर्षण बढदो छ । अहिले सरकारी दरबन्दी कम छ । तर करारमा लिन थालेको छ । अनि निजी क्षेत्रमा यो सजिलै विक्ने जनशक्ति हो । मध्यम बर्गीय दन्त जनशक्ति हो । हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफि जस्तै तहको जनशक्ति हो ।

यो पढ्नको लागि शैक्षिक योग्यता ?
यो पढन्को लागि एसएलसी वा एसईई पास भएको हुनुपर्छ । पास भएको व्यक्तिले कम्तीमा पनि सीजीपीए २ ल्याएको हुनुपर्छ । अंग्रेजी गणित र विज्ञानमा सी ग्रेड ल्याएको हुनुपर्छ ।

भर्ना कहिले देखि खुल्छ ?
अहिले भर्ना प्रक्रिया शुरु भइसकेको छ । फारम खुलेको छ । फारम भर्ने म्याद १५ असोजसम्म छ । त्यसैले इच्छुक र योग्यता पुगेका व्यक्तिले फारम भर्न ढिलो नगरौँ । नेपालमा डेन्टल हाइजिनिष्ट एजुकेशन शुरु गर्ने कान्तिपुर स्कुल अफ डेन्ट्रिष्टीमा यहाँहरुलाई स्वागत छ ।

स्कोप के छ त ?
अहिलेसम्मउत्पादित डेन्टल हाइजिष्टहरु कोहीपनि वेरोजगार भएर बसेको अवस्था छैन् । तर मुख स्वास्थ्यलाई उपेक्षा गरेको कारण यो चर्चामा नआएको हो । यो जनशक्तिको नेपालमा स्वरोजगार हुनसक्छन, विदेशमा पनि यि जनशक्तिको महत्व छ । अन्य व्यक्तिले भन्दा यि व्यक्तिले तीन गुणा बढी तलव पाउने गरेको देखिएको छ । युरोप अमेरिकातिर पनि यसको स्कोप बढी हुन्छ । नेपालमा हामीसहित करीव १० वटा कलेजहरुमा यसको पढाई हुन्छ ।

सरकारी अस्पतालमा करार सेवामा राखेको छ, प्रदेश सरकारले यसको महत्वबुझ्दै जाँदै छ । प्रदेश स्तरमा काम गर्दै छ । जनपथ, सशस्त्र, सेनामा दरबन्दी छ । मेडिकल कलेज र ठूला अस्पतालमा पनि छ । निजी क्लिनिक र डेन्टल अस्पतालमा, मुख स्वास्थ्य कार्यक्रम चलाउने एनजीओ आइएनजीओमा पनि यो जनशक्तिको खोजी हुने गरेको छ ।

यसपछि पनि योग्यता बढाउन सकिन्छ ?

डेन्टल हाइजिनिष्ट बनिसकेपछि थप उच्च शिक्षा हासिल गर्न पनि सकिन्छ । तीन महिनाको ब्रीजकोर्ष गरी बीडीएस वाएमबीबीएसमा जान्छु भने पनि पाइन्छ । पव्लीक हेल्थतिर पनि जान पाइयो । साइन्स पढ्न पनि पाइन्छ । अर्थात अरु व्याचलर लेभलको काम गर्न पाइन्छ । अस्पताल व्यवस्थापन, हेल्थ केयर म्यानेजमेन्ट पढ्न पाइन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *