शिक्षण अस्पतालको डिलक्स रुमबाटै अनसन जारी राख्दै डा. केसी

620
Shares

काठमाडौँ, ७ असोज । मंगलबार अपरान्ह त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुगेका डा गोविन्द केसीलाई अस्पतालले डिलक्स रुम उपलव्ध गराएको छ । जुम्लामा शुरु गरेको  १९ औँ अनसनलाई  उनले शिक्षण अस्पतालको ५०१ नम्बर डिलक्स रुमबाट निरन्तरता दिएका छन् ।

‘आकस्मिक कक्षमा आएपछि चिकित्सकसाथीहरुबीच आइसीयू कक्ष उपलव्ध गराउने भन्ने योजना थियो । तर उहाँले त्यहाँ जान मान्नु भएन, त्यसैले डिलक्स रुम उपलव्ध गरायौँ । ५०१ नम्बर डिलक्स रुममा उहाँलाई राखिएको छ,’ अस्पताल प्रशासन स्रोतले भन्यो ।

अस्पतालले डा केसीको स्वास्थ्य हेर्न चिकित्सक टोली गठन गर्ने तयारीमा रहेको बुझिएको छ ।

त्रिवि शिक्षण अस्पताल पुग्नु अघि स्थानीय प्रशासनले एयरपोर्ट बाटै राष्ट्रिय ट्रमा सेन्टरमा पुरयाएको थियो ।

त्यहाँ आफूलाई इच्छा विपरित लगिएको भन्दै डा केसीले आपत्ति जनाएका थिए ।

अपरान्ह उनी आफै त्यहाँबाट निस्केर त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *