नेपालकै दोस्रो ठूलो मानपदवी सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) डा. सन्दुक रुइतलाई

940
Shares

काठमाडौँ, ३ असोज ।  सरकारले बरिष्ठ नेत्र विशेषज्ञ डा सन्दुक रुईतले नेपालको दोस्रो ठूलो मानपदवी सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) बाट विभूषित गर्ने घोषणा गरेको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले म्यागसेसे पुरस्कार विजेता बरिष्ठ नेत्र विशेषज्ञ डा रुइतलाई सो मानपदवीबाट विभूषित गर्ने घोषणा गरेकी हुन् ।

डा रुइत हजारौँ नेपाली तथा विदेशी नागरिकको गुमेको दृष्टि फर्काउने कार्यमा लागेका व्यक्ति हुन् । उनले नेपालको आँखा सेवालाई दुर्गम गाँउ देखि संसारका विभिन्न ठाँउसम्म फैलाउने कार्यमा निरन्तर लागि रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *