मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर पदमा डा सतिशकुमार देव नियुक्त
काठमाडौँ, १५ भदौ । बाग्मती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको रेक्टर पदमा सह प्राध्यापक डा सतिशकुमार देवलाई नियुक्त गरेको छ ।
प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति समेत रहेका सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले सहप्राडा देवलाई चार बर्षे कार्यकालका लागि रेक्टर पदमा नियुक्त गरेका हुन् ।
डा देव अहिले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आइओएम)को क्लिनिकल फार्माकोलोजी विभागका विभागीय प्रमुख हुन् । उनीसंग स्वास्थ्य बीमा बोर्ड र नेपाल मेडिकल काउन्सिलको सदस्य बनेको अनुभव छ ।
डा देवले रेक्टरको नियुक्ति आज लिएको भन्दै पदवहाली केही दिनपछि गर्ने बताए ।
सम्पर्क इमेल : [email protected]