चिकित्सकहरुको लाइसेन्स परीक्षा २० भदौमा हुने पक्का

काठमाडौँ, १५ भदौ । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षा २० भदौमा हुने पक्का भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले परीक्षा सञ्चालनका लागि स्विकृति दिएसंगै २० भदौमा परीक्षा हुने पक्का भएको हो ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर परीक्षा लिन सक्ने काउन्सिललाई अधिकार दिएको सरकारका प्रवक्ता एवं सञ्चार एवं सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बताए ।

काउन्सिलले यसअघि नै मन्त्रिपरिषद र कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)संग समन्वय गरी तयारी अघि बढाईसकेको थियो ।

काउन्सिलका प्रवक्ता समेत रहेका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले परीक्षाका लागि मन्त्रिपरिषदले आवश्यक बाटो खोलिएको भन्दै २० भदौमा हुने पक्का भएको बताए । उनले यसपकटकको परीक्षामा ७९३ जना एमबीबीएस र २६७ वीडीएसका गरी कुल १ हजार ६० जनाले सहभागिता जनाउन लागेको बताए ।

यसपटक देखि कम्प्युटर सिस्टममा परीक्षा लिने तयारी भएपनि त्यो सम्भव नभएको भन्दै डा अधिकारीले पुरानै पद्धतीमा परीक्षा लिन थालिएको बताए । तर उनले यसपटक उपत्यका र उपत्यका बाहिर गरी करीब १६ स्थानमा परीक्षाकेन्द्र तय गरिएको बताए ।

लाइसेन्स परीक्षाका लागि कहाँ कहाँ छ परीक्षा केन्द्र ?
बिराटनगरमा बिराट मेडिकल कलेज, धरानमा बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, जनकपुरमा जानकी मेडिकल कलेज, वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा परीक्षा केन्द्र तोकिएको छ ।

यस्तै चितवनमा कलेज अफ मेडिकल साइन्सेज, बुटवलमा देवदह मेडिकल कलेज, नेपालगञ्जमा नेपालगन्ज मेडिकल कलेज, पोखरामा मणिपाल मेडिकल कलेज गरी ९ वटा परीक्षा केन्द्र तोकिएको छ ।

यता काठमाडौँमा सातवटा केन्द्र तय भएको छ । नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान, किष्ट मेडिकल कलेज, महाराजगञ्ज मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज, पिपुल्स डेन्टल कलेज, नेपाल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा परीक्षा सञ्चालन हुनेछ ।

परीक्षाका लागि एउटा हलमा २५ जना र एउटा परीक्षा भवनमा ५० जनासम्म सहभागी गराइनेछ । एउटा परीक्षा केन्द्रमा बढीमा १०० जना सम्म राख्न सकिनेगरी व्यवस्था मिलाइएको समेत डा अधिकारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *