चार वर्षीया बालिका सहित थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

0
Shares


काठमाडौँ, १५ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले चौबिस घण्टामा थप ७ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा. गौतमले ४ वर्षीया बालिका सहित ३ जना महिला र ४ जना पुरुष गरी थप ७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको बताए । जसमा महोत्तरीकी ४ वर्षीय बालिका, गोरखाकी ६५ वर्षीय र रुपन्देहीकी ६८ वर्षीय महिला, त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय चितवनका ७८ वर्षीय  र भक्तपुरका ७७ वर्षीय पुरुष हुन् ।

यी सहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या ५८८ रहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *