कोरोना संक्रमितको उपचार गर्ने अस्पताललाई स्वास्थ्य मन्त्रालयले दियो तीन वटा निर्देशन

काठमाडौँ, १५ भदौ । कोरोना भाइरस (कोभिड -१९) संक्रमितको उपचार गराईरहेका अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनवटा निर्देशन दिएको छ । संक्रमितको उपचारमा प्रयोग हुने औषधि, संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको क्वारेन्टिन व्यवस्थापन र संक्रमितमा कतिवेला कसरी डिस्चार्ज गर्ने भन्नेबारेमा तीनवटा निर्देशन दिएको हो ।

मन्त्रालयले कोरोना भाइरस (कोभिड -१९) बाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई रेमडेसिभिर औषधि चलाउन उपचारमा सम्लग्न अस्पताल तथा तिनका निर्देशकहरुलाई आग्रह गरेको छ । उसले तत्काल अस्पतालबाट औषधि खरीद गरी चलाउन र त्यसको सोधभर्ना मन्त्रालयबाट लिन सकिने समेत स्पष्ट पारेको छ ।

पछिल्लो समय भारतका तीनवटा कम्पनीबाट उत्पादित रेमडेसिभिर औषधि नेपालमा बैधानिक रुपमै आईसकेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘क्लिनिकल ट्रायल’का लागि रेमडेसिभिर औषधि उत्पादन गर्ने भारतीय कम्पनी सिप्ला, माइलन र हिटेरो कम्पनीका औषधिहरु भित्र्याउन अनुमति दिएको थियो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सबै अस्पताललाई निर्देशन दिदै आवश्यक परेका कोभिड – १९ का गम्भीर बिरामीलाई रेमडेसिभिर औषधि निशुल्क दिन र सोधभर्ना मन्त्रालयबाट लिन आग्रह गरेका छन् ।

‘क्लिनिकल ट्रायल’मै रहेको यो औषधि कोभिड – १९ का बिरामीका लागि केही प्रभावकारी देखिएको छ ।अहिले संसारका धेरै देशले यसको प्रयोग गरेका छन् ।

स्वास्थ्यकर्मीलाई प्रवक्ताको निर्देशन अस्पतालले क्वारेन्टिनमा नराखे मन्त्रालयमा खबर गर्नु
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचार तथा व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टिनको व्यवस्था मिलाउन सबै अस्पताललाई पुन निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा गौतमले अस्पतालहरुलाई यसअघि नै यसबारेको सूचना सर्कुलर भइसकेको भन्दै त्यसको कार्यान्वयन नगरेको भए त्यसको जानकारी दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेको छ ।

उनले कोभिड – १९ को व्यवस्थापनमा लागेका स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राख्दा लागेको खर्च मन्त्रालयबाट सोधभर्ना लिन सकिने व्यवस्था मिलाइएको समेत स्पष्ट पारे ।

लक्षण नभएका बिरामीलाई १० पीसीआर लिनु र रिपोर्टको आधारमा डिस्चार्ज गर्नु

यस्तै मन्त्रालयले लक्षण नदेखिई अस्पतालमा भर्ना भैसकेका कोरोना संक्रमितको १० दिनमा पीसीआर जाँच गर्ने र नेगेटिभ देखिएमा डिस्चार्ज गर्ने र यदि पोजेटिभ आएमा १४ दिनमा पीसीआर नै नगरी डिस्चार्ज गर्न अस्पताललाई निर्देशन दिएका छन् । उनले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई टेकेर यस्तो निर्णय गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *