नेपाल मेडिकल काउन्सिलको चिकित्सक लाइसेन्स परीक्षा स्थगित

0
Shares

काठमाडौँ, ३ भदौ ।  नेपाल मेडिकल काउन्सिलले आगामी ७ भदौ देखि शुरु गर्ने भनेको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षा स्थगित गरेको छ । कोरोना संक्रमणपछि अवस्था असामान्य भएको तथा काठमाडौँ उपत्यका र देशका विभिन्न स्थानमा बन्दाबन्दी जारी भएकोले परीक्षा स्थगित गरेको काउन्सिलले जनाएको छ ।

काउन्सिलले स्थिति सहज हुनासाथ विभिन्न उपकेन्द्रबाट समेत परीक्षा लिने व्यवस्था मिलाउने जनाएको छ ।

दुई दिन अघि मात्रै काउन्सिलले लाइसेन्स परीक्षालाई विकेन्द्रीत ढंगबाट सञ्चालन गर्ने भन्दै परीक्षार्थीको विवरण मागेको थियो ।

यसअघि गत ८ चैतका लागि तय भएको यो परीक्षा कोरोना संकटकै कारण स्थगित भएको थियो ।

काउन्सिलले नयाँ परीक्षा तालिका पछि सार्वजनिक हुने समेत स्पष्ट पारेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *