काठमाडौँ उपत्यकामा भोलि राती देखि एक सातासम्म निषेध आदेश

काठमाडौँ, २ भदौ । स्थानीय प्रशासनले काठमाडौँ उपत्यकामा बुधबार राती १२ बजे देखि कम्तीमा एक सातासम्मका लागि निषेध आदेश लागू गर्ने भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले १० भदौसम्म निषेध आदेश लागू गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका एक जना अधिकारीले केही वेर अघि मात्रै काठमाडौँ भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाको जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेको र सो बैठक भर्खर सकिएको भन्दै बैठकले कोभिड – १९ नियन्त्रणका लागि विभिन्न निर्णय गरेको जानकारी दिए ।

‘निर्णय केही बेरमा सार्वजनिक हुनेनै छ । उपत्यकाबासीलाई कम्तिमा एक सातासम्म अनावश्यक रुपमा घर बाहिर निस्कन नदिने आदेश जारी हुँदैछ,’ उनले भने ।

पछिल्लो दिनमा उपत्यकामा तिब्रगतिमा कोरोना संक्रमण बढेको छ । संक्रमण बढेसंगै यसलाई रोक्नका लागि स्थानीय प्रशासनले कडाकदम चाल्नुपर्ने आवाज चर्को हुँदे गएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *