नेपाल फार्मेसी परिषदको नाम दर्ता परीक्षा स्थगित

काठमाडौँ, २९ साउन । नेपाल फार्मेसी परिषद्को १५ औँ नाम दर्ता परीक्षा स्थगित भएको छ ।

कोरोना भाइरसको संक्रमण बढेसंगै सरकारले १ भदौ देखि सञ्चालन गर्ने भनेको लामो तथा मध्यम दुरीको यातायात सञ्चालन पुन: रोक लागाउने निर्णय गरेपछि परीक्षा स्थगित भएको हो ।

यो परीक्षा आगामी १२ र १३ भदौका लागि तय भएको थियो ।

परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेले अर्को सूचना नभएसम्मको लागि स्थगित भएको बताए । ‘अहिले त यातायात नै नचल्ने भयो । यो अवस्थामा परीक्षा लिने अवस्था भएन् । त्यसैले पछि अर्को सूचना ननिकाल्दासम्मका लागि परीक्षा स्थगित गरियो,’ उनले भने ।

आगामी परीक्षामा सहभागी हुन् फार्मेसी सहायक र फार्मासिस्ट गरी करीब २ हजार २ सय बढीले फारम भरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *