सरकारी चिकित्सक संघमा डा. रबिन खड्का नेतृत्वको प्यानल विजयी

काठमाडौँ, २४ साउन ।  सरकारी चिकित्सक नेपाल –गोदान)को आज सम्पन्न निर्वाचनमा डा रविन खड्का नेतृत्वको प्यानल विजयी भएको छ ।

अपरान्ह ५ बजे सम्पन्न निर्वाचनमा अध्यक्ष डा खड्काले ४८० मतका साथ विजयी भएका हुन् । उनको प्रतिस्पर्धामा रहेका डा समाज गौतमले २३७ मत प्राप्त गरेका थिए ।

यस्तै बरिष्ठ उपाध्यक्षमा डा विजय थापा विजय भएका छन् । उनले ४३९ मत प्राप्त गरेका छन् । उनको प्रतिस्पर्धामा रहेका डा रामप्रसाद सापकोटाले २६८ मत मात्रै ल्याएका छन् ।

यस्तै उपाध्यक्ष पदमा डा सुशील मोहन भट्टराई विजयी भएका छन् । उनको प्रतिस्पर्धामा रहेका डा विप्लभ घिमिरेले २४६ मत प्राप्त गरेका छन् ।

यस्तै महासचिव पदमा डा कीर्तिपाल सुवेदी विजयी ४०९ मतका साथ विजयी भएका छन् । उनको प्रतिस्पर्धामा उत्रिएका डा विजय कुमार साहले ३०६ मत प्राप्त गरेका छन् ।

सचिव पदमा डा रोशन भगद ४२८ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी डा विश्वनाथ अधिकारीले २७३ मत प्राप्त गरे । यसैगरी कोषाध्यक्षमा डा सुधा साही ५०३ मतका साथ विजयी भएकी छन् । उनको प्रतिस्पर्धी डा झुमा सिलवालले २०५ मत मात्रै प्राप्त गरेकी छन् ।

सदस्यहरु विजयी उम्मेद्धार डा अर्चना केसीले ४९५ मत, डा प्रकाश भट्टराई ४७१, डा कपिल गौतम ४४९, डा गौरव साह ४३९, डा विजय गुरुङ ४३२, डा विजयकुमार मेहता ३९५, डा हेमा जोशी ३८८, डा सुशन भट्टराई ३३६, र डा कुशल खनालले ३३३ मत ल्याएका छन् ।

मतदान विहान ७ बजे देखि अपरान्ह ५ बजेसम्म भएको थियो । अनलाइन भोटिङ विधिबाट मतदान भएकोले पाँच बजे पछि नै नतिजा थाह भएको थियो ।

कुल ७६८ मतदाता मध्ये आजको निर्वाचनमा ७२३ जना (९४.१४ प्रतिशत) ले मतदान गरेको निर्वाचन समितिका संयोजक डा रुद्र मरासिनीले जानकारी दिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *