पर्सामा थप ५५ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

0
Shares

काठमाडौँ, २४  साउन । पर्सामा थप ५५ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको आज विहान आएको रिपोर्टमा थप ५५ जनामा संक्रमण देखिएको हो । यी मध्ये एक जना मृतक व्यक्ति हुन् ।

नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायका अनुसार मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ७४ बर्षीय पुरुष हुन् । हिजो विहानै उनको नारायणी कोभिड अस्पतालमा मृत्यु भएपनि उनको कोरोना रिपोर्ट आज विहान मात्रै आएको हो ।

यस्तै शनिबार विहान कोरोना पोजेटिभ रिपोर्ट आएकामा ८ जना महिला र ४७ जना पुरुष छन् । त्यसमा एक जना स्वास्थ्यकर्मी, एक जना सेना, एक जना जनप्रतिनिधि समेत रहेका छन् ।

पछिल्लो समय पर्सामा संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ । आजको सहित जिल्लामा पछिल्लो ८९९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *