सरकरी चिकित्सकहरुले नयाँ कार्यसमिति छनौट गर्दै, निर्वाचन आज

काठमाडौँ, २४ साउन । नयाँ नेतृत्व छनौटका लागि सरकारी चिकित्सक संघ नेपाल (गोदान)को निर्वाचन शुरु भएको छ । निर्वाचन विहान ७ बजे देखि शुरु भएको हो । अपरान्ह ५ बजेसम्म जारी रहन्छ ।

कोभिड – १९ को महामारीकाबीच भएको यो निर्वाचनमा यसपटक मतदान केन्द्रमा पुगेर लाइनमा बसी भोट हाल्नुपर्ने कष्ट भने छैन् ।

गोदानको निर्वाचन समितिले यसपटक विद्युतिय भोटिङ विधि अपनाएको छ । विहान ७ बजे देखि अपरान्ह ५ बजेसम्म चिकित्सकहरुले इलेक्ट्रोनिक भोटिङ विधिबाट मतदान गर्न सक्नेछन् ।

गोदानको निर्वाचनमा मताधिकार भएका चिकित्सकको संख्या ७६८ रहेको छ । ती चिकित्सकहरुको इमेलमा उम्मेद्धारको लिष्ट जान्छ र त्यहि क्लिक गरेर भोट हाल्न सकिने व्यवस्था मिलाइएको छ ।

अपरान्ह पाँच बजे मतदान अवधी सकिदा मत परिणाम पनि संग संगै आउनेछ ।

यसपटक निर्वाचनमा अध्यक्ष पदमा डा रविन खड्का र डा समाज गौतम प्रतिस्पर्धामा छन् । यस्तै बरिष्ठ उपाध्यक्षमा डा विजय थापा र डा रामप्रसाद सापकोटा, उपाध्यक्षमा डा सुशील मोहन भट्टराई र डा विप्लव घिमिरेको उम्मेद्धारी भएको छ ।

यस्तै महासचिवमा डा कीर्तिपाल सुवेदी र डा विजयकुमार साहको उम्मेद्धारी परेको छ । सचिवमा डा रोशन भगत र डा विश्वनाथ अधिकारी, कोषाध्यक्षमा भने डा झुमा सिलवाल र डा सुधा साहीको उम्मेद्धारी परेको छ ।

अन्य विवरण यसप्रकार छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *