स्वास्थ्यकर्मीलाई जोखिम भत्ता वितरण गर्न नयाँ प्रस्ताव अघि बढाउँदै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २१ साउन । स्वास्थ्यकर्मीलाई जोखिम भत्ता वितरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ प्रस्ताव अघि बढाएको छ । कोरोना भाइरस विरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई भत्ता उपलव्ध गराउन नयाँ प्रस्ताव अघि बढाएको हो ।

यसअघि सरकारले घोषणा गरेको जोखिम भत्ता कतिपय स्थानका स्वास्थ्यकर्मीले नपाएको भन्दै आवाज उठाएका थिए । तर मन्त्रालयले अहिले उठाएको प्रस्ताव चालु आर्थिक बर्ष २०७७/७८ मा वितरण गर्नेवाला हो ।

चालु आवको नीति तथा कार्यक्रम र बजेटले स्वास्थ्यकर्मीको जोखिम भत्तालाई विशेष प्राथमिकतामा राखेको थियो । ‘हामीले प्रस्ताव अघि बढाउँदै छौँ । अवको भत्ता २५, ५०, ७५ र १०० प्रतिशतको दरले छुट्याएर दिने भन्ने छ । र यो साउन देखि नै लागू हुने गरी प्रस्ताव गरिएको छ । यसलाई मन्त्रिपरिषद्ले पारित गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम विष्टले भने ।

उनले कोभिड १९ विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीलाई व्यवस्थित ढंगले भत्ता वितरण हुने समेत दावी गरे । ‘यो भत्ताका लागि संघीय सरकारबाटै स्थानीय तहसम्मका लागि अधिकाशं बजेटको व्यवस्था मिलाइएको छ,’ उनले भने ।

कोरोना शुरु भएपछि अघिल्लो आर्थिक बर्षमा सरकारले ५०, ७५ र १०० प्रतिशत गरी तीन क्याटोगोरीमा भत्ता वितरण गर्ने निर्णय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *