काठमाडौँ छिर्ने तीनवटा मुख्य नाकामा हेल्थ डेस्क राख्ने तयारी

0
Shares

काठमाडौँ, १७ साउन । सरकारले काठमाडौँ उपत्यका छिर्ने तीनवटा मुख्य स्थल नाकामा हेल्थ डेस्क राख्ने तयारी गरेको छ । उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेको र नाकाबाट आउनेहरुको स्वास्थ्य निगरानी गर्नै पर्ने भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ डेस्क राख्ने तयारी गरेको हो ।

मन्त्रालयका अनुसार काठमाडौंको थानकोट नागढुंगा नाका, फर्पिङ नाका र भक्तपुरको साँगा भन्ज्याङ नाकामा हेल्थ डेस्क राख्ने तयारी अघि बढाएको छ ।

नाका स्थापना गरिसकेपछि यात्रुको सामान्य स्वास्थ्य जाँच गर्ने र कोरोना संकास्पद तथा लक्षण देखिएकाहरुलाई छुट्टै राखेर आइसोलेसनमा पठाउनेसम्मको योजना बनाइएको छ । ‘यति नगरे काठमाडौँको जोखिम नघटने भयो । त्यसैले यो सम्वन्धी योजना अघि सारिएको हो,’ मन्त्रालय स्रोतले भन्यो ।

अहिलेसम्म ती नाकामा बस्ने सुरक्षाकर्मीहरुले यात्रुहरुको पास विवरण हेरेर उपत्यमा छिर्न दिने वा नदिने निर्णय लिने गरेको छ । यसै साता स्वास्थ्य मन्त्रालयले नाका काठमाडौँ छिर्न लागेका १० हजार बढीको पीसीआर नमूना लिई जाँच गरेको थियो । त्यसमा तीन दर्जन बढीको कोरोना भाइरस पोजेटिभ आएको अधिकारीहरु बताँउछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *